भद्रपुरको वीपी चौकमा प्रहरी बिट स्थापना
Published:
by .भद्रपुर । शान्ति सुरक्षालाई मध्यनजर राखेर भद्रपुर १० स्थित वीपी चौकमा प्रहरी बिट स्थापना गरिएको छ ।
भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्काको अध्यक्षता तथा नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा नवनिर्मित प्रहरी बिटको उद्घाटन गरिएको हो ।
प्रहरी बिट निर्माण उद्घाटनका अवसरमा बिट निर्माणका लागि महत्वपूर्ण योगदान पुर्याउने अर्थ मन्त्रालयका सहसचिव तथा प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहाललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, विभूति विद्या मन्दिर चन्द्रगढीका संस्थापक प्रिन्सिपल गोविन्द लम्साल, दुर्गा पञ्चायन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रघुनाथ रिमाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले बढ्दो दुर्घटना नियन्त्रण तथा चोरीका घटना रोगथामका लागि प्रहरीको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए ।
Comments