Sajhamanch Archive

झापासहित ५ जिल्लामा अनलाइनबाट मतदाता नामावली फाराम भर्ने सुविधा आजदेखि सुरु

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

झापा । निर्वाचन आयोगले काठमाडौंसहित आठ जिल्लाबाट अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएको छ ।

जसअनुसार काठमाण्डौ उपत्यकाका तीन जिल्ला र बाहिरका पाँच जिल्लामा मतदाता नामावलीको लागि अनलाइन फारम भर्न सकिने व्यवस्था मिलाइएको हो ।

आयोगका अनुसार आजदेखि चितवन, कास्की, मोरङ, काभ्रेपलाञ्चोक र झापामा अनलाइन फारम भर्न सकिन्छ । काठमाण्डौ, ललितपुर र भक्तपुरमा भने गएको असार २९ गतेदेखि नै अनलाइन फारम भर्न सकिने व्यवस्था मिलाइएको थियो ।

अनलाइन फारम भरिसकेपछि प्राप्त संकेत नम्बर, आवश्यक कागजपत्रसहित फोटो खिच्न र औंठा छापका लागि आयोगको जिल्ला कार्यालयमा जानुपर्दछ । यसअघि नै मतदाता नामावलीमा नाम लेखाई सकेकाहरूले भने फेरि फारम भर्नु नपर्ने आयोगले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *