बस र भ्यान एकापसका ठोक्किए : एकको मृत्यु, १७ घाइते
Published:
by .चितवन । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार साँझ साढे ५ बजे काठमाडौँबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौँतर्फ गइरहेको लु २ ख ३५०२ नम्बरको माइक्रो विङ्गर एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा घाइते भएका विङ्गरमा सवार अन्दाजी ३५र३६ वर्षका एक पुरुषको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर दुवै सवारी साधनका गरी १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये विङ्गर चालक रुपन्देहीको बुटवल नगरपालिका–२ का २५ वर्षीय कमल दर्जीको अवस्था गम्भीर रहेको छ ।
घाइतेमध्ये पाँच जनाको नयाँ मेडिकल कलेज भरतपुर र १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाकाको कारण दुवै सवारी साधनको अगाडिको भागमा ठूलो क्षेति पुगेको छ ।
Comments