Sajhamanch Archive

युनिकमद्वारा नेतृत्व विकास तालिम सञ्चालन

Published: in अर्थतन्त्र, शिक्षा, समाज by .

झापा । नेपाल व्यापारी कर्मचारी संघ (युनिकम)को आयोजनामा इलामको सूर्योदय नगरपालिका कन्याममा क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धी तीन दिने तालिमको सुरुवात भएको छ । संघमा आबद्ध सदस्यको नेतृत्व विकासका लागि आइतबारबाट सुरु भएको तालिम मङ्लबार समापन हुनेछ ।

तालिमको उद्घाटन सार्क चेम्बर एण्ड कमर्शका उपाध्यक्ष तथा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले गरेका थिए । उनले यस प्रकारको तालिमले मानिसको व्यक्तिगत र सामाजिक विकासमा सहयोग पुग्ने भन्दै आयोजकप्रति धन्यवाद सहित आभार प्रकट गरेका थिए ।

कार्यक्रमका विशेष अतिथि सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गाप्रसाद बरालले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

संघका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले व्यापार क्षेत्रमा काम गर्ने कामदारलाई घरेलु कामदारको रुपमा हेरिने गरेकोमा त्यसमा पछिल्लो सयम परिवर्तन आएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले युनिकमले व्यापारिक क्षेत्रमा गरिने कामलाई स्मार्ट जब बनाउने अभियान चलाइरहेको बताए ।

नीजि क्षेत्रमा ठूलो हिस्साले काम गरिरहेको बताउंदै उनले कामदारले पनि आफ्नो क्षमतालाई भरपुर सदुपयोग गर्न सक्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले सर्वप्रथम मानिसले आफूले आफैँलाई नेतृत्व गर्नुपर्नेमा जोड दिंदै स्थापित हुनका लागि व्यक्तित्व र नेतृत्व विकास जरुरी रहेको धारणा राखेका थिए ।

नीजि क्षेत्रमा काम गर्ने कामदारको हितका निम्ति सदैव अग्रसर युनिकम प्रति उनले आभार प्रकट पनि गरेका थिए ।

तालिममा सहभागीलाई यूएनआईकम एप्रो प्यासिफिकका प्रोग्राम को–अर्डिनेटर तिलकजंग खड्का (कल्याण)ले प्रशिक्षण दिंदैछन् । नेतृत्व विकासका बारेमा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई र संघका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले प्रशिक्षण दिने बताइएको छ ।

युनिकम झापा अध्यक्ष कृष्ण पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत युनिकमका केन्द्रीय महासचिव लेखनाथ दाहालले गरेका थिए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा युनिकमका केन्द्रीय कोषाध्यक्ष दुर्गा भट्ट, उपाध्यक्ष रविन भुषाल, बाग्मतीसहित प्रदेश १ का युनिकम सम्बद्ध पादधिकारी तथा सदस्यहरुको सहभागिता रहेको छ । कार्यक्रमको सञ्चालन केशव भट्टराईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *