Sajhamanch Archive

एमाले अध्यक्ष ओली झापामा, तीन दिन बिभिन्न कार्यक्रममा सहभागी हुने (कार्यक्रम समय तालिकासहित)

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बिहीबारदेखि तीन दिनका लागि गृह जिल्ला झापा आएका छन् ।

नेपालमा पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली पहिलो दिन कचनकवल गाउँपालिकामा पर्ने नेपाल कै होचो भूमि केचना जाने कार्यक्रम छ । प्रतिनिधिसभा क्षेत्र नं. ५ का सांसद प्रतिनिधी एवम् एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार आज अध्यक्ष ओली कचनकवल गाउँपालिकाको बनियानीमा आयोजना हुने कार्यक्रममा जाने कार्यक्रम छ ।

त्यहाँ बृहत पार्टी प्रवेश तथा क्षेत्र नं ३ का कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । समय मिलेमा अध्यक्ष ओली नेपालकै होचो भूभाग कचनकवलको अवलोकन पनि गर्नेछन् ।

साँझ पाँच बजे आफ्नो निर्वाचन क्षेत्र दमकमा मैथीली समाज र मुस्लिम समाजका अगुवा कार्यकर्ताहरुसँग भेट्ने कार्यक्रम छ । उक्त भेटघाट पशुपति मन्दिरको हलमा हुनेछ ।

भोलि भदौ ३ गते बिहान ११ः३० बजे इलामको चुलाचुलीमा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले अन्य पार्टी परित्याग गरेका ठूलो संख्यामा कार्यकर्ताहरुलाई एमाले प्रवेश गराउने छन् ।

दिउसो १ बजे एमाले निकट मजदुरहरुको दमक नगर सम्मेलन उद्घाटन तथा भेटघाट कार्यक्रममा उनी सहभागी हुनेछन् । अपरान्ह ३ः३० बजे गौरादह ५ स्थित स्कुलचौनमा आयोजना हुने पार्टी प्रवेश तथा जनसंगठनहरुको भेटघाटमा अध्यक्ष ओली सहभागी हुने कार्यक्रम छ ।

भोलि साँझ ५ बजे पार्टी निकट नेपाल उद्योग तथा व्यावसाय महासंघले आयोजना गर्ने भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओली सहभागी हुने सांसद प्रतिनिधि थापाले जानकारी दिएका छन् ।

अध्यक्ष ओलीले भदौ ४ गते बिहान ११ बजे प्रोग्रेसिप इन्जिनियर एशोसिएसन नेपाल प्रदेश १ को दोस्रो प्रदेश अधिवेशन बिर्तामोडको सेन्टर पोइन्ट पार्टी प्यालेसमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै दिउसो १ बजे अनेम संघ झापाको नवौं जिल्ला अधिवेशनको अध्यक्ष ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रम हिमाल पार्टी प्यालेस बिर्तामोडमा हुनेछ ।

सोही दिन दिउँसो २ः३० बजे नेपाल उद्योग तथा व्यावसायी महासंघको जिल्ला भेलालाई सम्बोधन गरेर एमाले अध्यक्ष ओली अपरान्ह ३ः३० भद्रपुरबाट काठमाडौ फर्कने कार्यक्रम छ । यस बाहेक अन्य केही अनौपचारिक भेटघाटहरु पनि तय भएको थापाले जानकारी दिनुभयो ।

तीनसाता अघि चार दिन गृहजिल्ला झापा बसेर काठमाडौं गएका ओली फेरी तीन दिन बस्ने गरी झापा आएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *