Sajhamanch Archive

केर्खामा टेस्टी स्टेसन होटल सञ्चालनमा

Published: in अर्थतन्त्र, समाज, स्थानीय तह by .

कमल । पछिल्लो समय युवाहरुको होटल व्यवसायतर्फ आकर्षण बढ्न थालेको छ । झापाको कमल गाउँपालिका ३ का तर्कराज सुब्बाले टेस्टी स्टेसन नामक होटल सञ्चालनमा ल्याए पछि यसले थप पुष्टि गरेको हो ।

कमलको मुख्य बजार केर्खा चौकमा १० लाख रुपैयाँभन्दा बढीको लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको सुब्बाले बताए । सिंगापुरमा होटल म्यानेजमेन्टको अध्यायन पूरा गरी साउदी अरब, दुवई, मलेशियाका विभिन्न होटलमा १७ वर्षसम्म अनुभव हासिल गरेको उनको भनाई छ ।

विदेशमा आफूले सिकेको सीप र अनुभवलाई आफ्नै ठाउँमा सदुपयोग गर्ने उद्देश्यले होटल खोलेको सुब्बाले बताएका छन् । विषेशगरी चिकेनका परिकारलाई प्राथमिकतामा राखेर होटल सन्चालनमा ल्याइएको उनको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *