हलेसी ग्रुप बिर्तामोडमा आयो इलेक्ट्रिक स्कुटर
Published: (Updated: )
by .झापा । बिर्तामोडमा भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड प्योर ईभीको बिक्री वितरण सुरु भएको छ ।
हलेशी ग्रुपले आधिकारिक रुपमा यसको बिक्री वितरण सुरु गरेको हो । पछिल्लो समय इलेक्ट्रिक स्कुटरको माग बढ्दै गएको बेला स्पेयर्स पार्टस सस्तो र सजिलै पाउन सकिने प्योर ब्रान्डको इलेक्ट्रिक स्कुटर बिर्तामोड ३ स्थित भगवान चौक नजिकैबाट बिक्री वितरण सुरु गरिएको हलेशी ग्रुपका सञ्चालक ईश्वरीप्रसाद बरालले जानकारी दिएका छन् ।
नेपालका लागि आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले केही समय अघि नै उक्त ई–स्कुटर नेपाली बजारमा भित्राएको हो । नियो ईट्रान्स र ईप्लुटो सेभेन जी गरी २ वटा ब्राण्डमा उपलबध रहेको सो कम्पनीको स्कुटर रातो, हरियो, कालो, पहेलो, सेतो र सिल्भर गरी ६ वटा रङ्गमा उपलब्ध छन् ।
तीन वर्षसम्म ब्याट्रीको वारेन्टी रहेको सो स्कुटरको मूल्य नियो ईट्रान्सको २ लाख ७५ हजार र ईप्लुटो सेभेन जीको २ लाख ६० हजार रुपैयाँ रहेको छ । स्कुटरमा मोटर तथा कन्ट्रोलरको १ वर्ष वारेन्टी रहेको कम्पनीले जनाएको छ ।
एक पटक फुल चार्ज गर्दा १२० किलोमिटरसम्म यात्रा गर्न सकिने हलेशी ग्रुपले जनाएको छ । पेट्रोलियम पदार्थको मूल्य आकासिँदो अवस्थामा रहेको बेला विद्युतीय मोटरसाइकल तथा स्कुटरको माग नेपाली बजारमा बढ्दै गएको छ ।
Comments