Sajhamanch Archive

मेची नदीले बगाएर एक युवकको मृत्यु

Published: in समाज, स्थानीय तह by .

भद्रपुर । मेची नदीमा पौडिएर भारततर्फ जान खोज्दा हिजो दिउँसोदेखि हराइरहेका एक युवकको मृत्यु भएको छ । उनको शव मंगलबार बिहान प्रहरीसहितको टोलीले फेला पारेको हो ।

भद्रपुर–५ स्थित नर्सिङ बगान नजिकैबाट सोमबार दिउँसो साढे ४ बजे मेची नदीमा पौडिएर भारत जान खोज्दा सामुएल भूजेल बेपत्ता भएको प्रहरीले जनाएको छ । नदीले बगाउँदा बेपत्ता भएका भद्रपुर नगरपालिका–३ रंगिलाचोक निवासी भूपाल भुजेलका १९ वर्षीय छोरा सामुएलको आज शव भेटिएको झापाका प्रहरी प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिएका छन् ।

युवकको शव घटनास्थलदेखि ७ किलोमिटर दक्षिण भद्रपुर ३ दोभानमा आज बिहान साढे ७ बजे फेला परेको डीएसपी पाठकले बताए । सामुएलसँगै उनका साथी पनि गएका थिए। दुवैजना नदीमा पौडी खेलेर भारततर्फ जान लाग्दा सामुएललाई बगाएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *