हकदावी सम्बन्धी एनएमसी सगरमाथा सेवा केन्द्र कार्यालयको १५ दिने सार्वजनिक सूचना
Published: (Updated: )
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
प्रथमपटक प्रकाशित मितिः २०७९/०५/१०
जिल्ला झापा भद्रपुर २ बस्ने स्व. विकासकुमार जोगी (सदस्य नं. ००३५५३२)का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल माघ १० गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला भद्रपुर २ बस्ने निजका बाबु प्रेमकुमार जोगीले आफ्नो छोराको नाममा संस्थामा मौज्दात बचत रकम फिर्ता गरी पाउँ भनी यस कार्यालयमा मिति २०७९ साल साउन ३१ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्याद भित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी सगरमाथा सेवा केन्द्र कार्यालय
Comments