राप्रपाले गौरादहमा चुनावी सक्रियता बढायो
Published: (Updated: )
by .झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीले गौरादहमा चुनावी गतिविधि बढाएको छ। गौरादह डिपु चोकस्थित नगर पार्टी कार्यालयमा बुधबारर आयोजित विस्तारित भेलाले आगामी मङ्सिर ४ गते हुने प्रदेश र संघीय निर्वाचनको लागि प्रचार प्रसार अभियानलाई तिब्रता दिने भएको हो।
विस्तारित भेलामा केन्द्रीय सदस्य अम्बरबहादुर विष्ट, केन्द्रीय सदस्य तथा केन्द्रीय वाणिज्य विभाग प्रमुख लक्ष्मीप्रसाद संग्रौला, जिल्ला अध्यक्ष केशवप्रसाद ओझाको विशेष उपस्थितिमा नगरको विस्तारित भेला गरिएको हो।
भेलाले सांगठानिक सुदृढीकरण गर्ने, प्रत्यक वडा कार्यसमितिसँग बैठक गर्ने, बुथ समिति निर्माण गर्ने, सक्रिय सदस्यता विस्तार गर्ने, भातृ संगठनहरुको अधिवेशनहरु सम्पन्न गर्ने तथा प्रदेश र संघीय निर्वाचनमा भाग लिने प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेद्वारहरुको नाम सिफारिस गर्ने लगायतका निर्णय गरेको नगर अध्यक्ष शान्तिराम पौड्यालले जानकारी दिएका छन् ।
भेलामा प्रदेश, जिल्ला, क्षेत्रीय, प्रदेशसभा, नगर तथा वडाका नेता र कार्यकर्ताको उपस्थिति रहेको जनाइएको छ ।
Comments