Sajhamanch Archive

एमाले अध्यक्ष ओली झापामा, निलम्बित प्रधानन्यायाधीश राणासँगको बयानबारे नयाँ खुलासा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दुई दिने कार्यक्रमका लागि आज झापा आएका छन् । अपरान्ह चन्द्रगढी बिमानस्थलमा ओर्लिएका अध्यक्ष ओलीले स्थानीय पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान महाअभियोग सिफारिस समिति मै रोक्न सक्ने आशंका व्यक्त गरेका छन् ।

निलम्बित प्रधानन्यायाधीश राणाले महाअभियोग सिफारिस समितिमा बयान दिने क्रममा परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाई दिएवापत लेनदेन भएको र न्यायाधीशहरू बिकेको पोल खोल्न थालेपछि बयान रोक्ने षड्यन्त्र भइरहेको पूर्वप्रधानमन्त्री ओलीको भनाई छ ।

अध्यक्ष ओलीले भनेका छन् ‘गठबन्धनले बयान रोक्न सक्छ, कहिले रोक्छ टुंगो छैन । उनीहरूको पोल खुल्ने भएपछि त्यसो गर्न सक्छन् ।’

राणाले परमादेशबाट ओलीलाई सत्ताच्युत गर्दा न्यायाधीशहरूलाई गठबन्धनका नेताहरूले आश्वासन दिएको खुलासा गरेका थिए। राणाको बयान बिहीबार रोकिएको छ । आइतबार पुनः बयानका लागि बोलाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *