Sajhamanch Archive

बिर्तामोड सहकारी समन्वय समिति पुनः गठन, अध्यक्षमा कर्णालीका टसबहादुर

Published: in समाज, सहकारी by .

बिर्तामोड । झापा जिल्ला सहकारी संघले आज बिर्तामोड नगरपालिका सहकारी समन्वय समिति पुनः गठन गरेको छ । जिल्लाका १५ वटै पालिकामा समिति गठन गर्ने संघको कार्ययोजना अनुसार बिर्तामोडका सहकारीकर्मीको भेलाले नयाँ नेतृत्व चयन गरेको हो ।

जिल्ला संघका प्रबन्धक सञ्जय ढकालले दिएको जानकारी अनुसार कर्णाली साकोसका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा ११ सदस्यीय पालिका समन्वय समिति गठन गरिएको हो । समितिको सहसंयोजकमा देविका निरौला बस्नेत, सचिव ताराप्रसाद चापागाईं, सहसचिव सुब्रत न्यौपानेलाई चयन गरिएको छ ।

पालिका समन्वय समितिका सदस्यहरुमा काशीनाथ घिमिरे, देवीप्रसाद घिमिरे, नविन खरेल, अर्जुनकुमार पाठक, भिमकुमारी लिङ्देन, पुष्पाकुमारी राई र तुलकुमारी राजवंशी रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *