बिर्तामोडमा बुद्धिजीवी परिषद गठन
Published: (Updated: )
by .बिर्तामोड । नेकपा एमालेको महत्वपूर्ण जनसंगठन नेपाल बुध्दिजीवी परिषदको बिर्तामोड नगरको प्रथम अधिवेशन शुक्रबार सम्पन्न भएको छ।
प्रथम अधिवेशनले डा. कपिलमणि मिश्रको अध्यक्षतामा नयाँ नेृत्व चयन गरेको छ । परिषद्को उपाध्यक्षमा अधिवक्ता हेमकला कट्टेल, सचिवमा स्वास्थ्यकर्मी ओमबहादुर खड्का, उपसचिवमा शिक्षक प्रेम चिमरिया र अस्मिता कार्कीलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी, परिषद्को कोषाध्यक्षमा जनक थापालाई जिम्मेवारी दिइएको छ भने परिषद्को नगरसमितिमा १५ जना सदस्यहरु सर्वसम्मत निर्वाचित भएका छन् ।
नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा जिल्ला कमिटी बुद्धिजीवी विभागका प्रमुख मोहन शिवाकोटीको संयोजनमा उक्त अधिवेशन आयोजना गरिएको थियो ।
नेकपा एमाले केन्द्रीय अनुशासन विभागका सदस्य तथा नेपाल बुद्धिजीवी परिषद्का पूर्व केन्द्रीय सदस्य उमानाथ ओलीको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न गरिएको हो ।
Comments