Sajhamanch Archive

झापामा कांग्रेसका सबै दाबेदारको नाम सिफारिस

Published: in राजनीति by .

बिर्तामोड । मंसीर ४ गतेका लागि घोषित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस झापाले सबै उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको छ ।

पाँचवटा संघीय निर्वाचन क्षेत्र भएको झापामा तीनवटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका लागि एक÷एक जनाको मात्रै नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर १ का लागि विश्वप्रकाश शर्मा, क्षेत्र नम्बर ३ मा कृष्णप्रसाद सिटौला र क्षेत्र नम्बर ४ मा देउकुमार थेवेको मात्रै नाम सिफारिस भएको नेपाली कांग्रेसले जनाएको छ । क्षेत्र नम्बर १ मा सिफारिस हुने शर्मा पार्टीको महामन्त्री हुन् भने क्षेत्र नम्बर ३ मा सिफारिस हुने सिटौला पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री हुन् । यस्तै, क्षेत्र नम्बर ४ मा सिफारिस भएका थेवे पार्टीका जिल्ला सभापति हुन् ।

यस्तै, क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि केशवकुमार बुढाथोकी, सरिता प्रसाईं, सुधिरकुमार शिवाकोटी, जलकुमार गुरुङ, छत्रबहादुर गिरी र नवीनराज प्रसाईंको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ५ मा महेन्द्राकुमारी सुब्बा, डा। खगेन्द्रपाण्डव अधिकारी, विश्वदिप लिङ्देन, पदमबहादुर पौडेल र मेदनीप्रसाद सिटौलाको नाम सिफारिस भएको छ ।

२०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसले झापामा कुनै पनि क्षेत्रमा जीत हासिल गर्न सकेको थिएन ।

प्रतिनिधिसभाको समानुपातिक, प्रदेशसभा प्रत्यक्ष तथा समानुपातिक तर्फ सबैको नाम सिफारिस गरिएको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले बताएका छन् । सचिव हुमागाईंले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस झापाबाट सिफारिसमा परेका आकांक्षी उम्मेद्वारहरुको नामावली निम्नानुसार रहेको जानकारी दिएका छन् ।

झापा क्षेत्र नं. १
प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका आकांक्षी उम्मेद्वारः
१. विश्वप्रकाश शर्मा

प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फका आकांक्षी उम्मेद्वार :

१. रामबहादुर कट्टेल २. मणिकुमार उप्रेती ३. परमेश न्यौपाने ४. कालु मेचे ५. गोमाकुमारी भट्टराई ६. उषा गुरुङ ७. दुर्गा खतिवडा ८. गंगाप्रसाद संग्रौला, ९. विश्वविजय घिमिरे ।

प्रदेशसभा (क) सदस्य प्रत्यक्षतर्फका आकांक्षी उम्मेद्वार:
१. गोपाल तामाङ २. ताराविर कटुवाल ३. बालजीत राई

समानुपातिकतर्फका आकांक्षी उम्मेद्वारः
महिला : १.  राधा कार्की २. विना तामाङ ३.  रचना घिमिरे ४.  शोभा श्रेष्ठ नेम्बाङ ५. टिका सुवेदी
खुल्ला : १. टेकबहादुर लिम्बू २. खड्गबहादुर धिमाल

प्रदेशसभा (ख) सदस्य प्रत्यक्षतर्फ सिफारिसमा परेका आकांक्षी उम्मेद्वार:
१. लोकराज ढकाल २. प्रेम सम्बाहाम्फे ३. श्री देवेन्द्र गौतम (बैकल्पिक: १. लालबहादुर थेवे २. खड्ग पन्धाक)

समानुपातिक (महिलातर्फ): १. झुनादेवी बानिया (बैकल्पिक : १. सिता पोखरेल २. मिरा काफ्ले पोखरेल)
खुल्लाः १. चक्र शेर्मा

झापा क्षेत्र नं. २
प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ :
१. केशवकुमार बुढाथोकी २. सरिता प्रसाई ३. सुधिरकुमार शिवाकोटी ४. जलकुमार गुरुङ् ५. छत्रबहादुर गिरी ६. नवीनराज प्रसाई
समानुपातिकतर्फ : 
१. उद्वव थापा २. टिकाप्रसाद प्रसाई ३. खड्गप्रसाद प्रसाई ४. हस्त परियार ५. भुमादेवी घिमिरे ७. राधादेवी साङ्बोहाङ् ६. पाण्डवलाल चौधरी ७. युवराज विमली ८. हर्कलाल गिरी ९. विष्णुप्रसाद खरेल १०. उद्धिमप्रसाद उप्रेती ११. कञ्चना ढकाल सिटौला १२. केशवकुमार श्रेष्ठ १३. वीनकुमार विश्वकर्मा १४. तारादेवी कार्की

प्रदेशसभा (क) सदस्य प्रत्यक्षतर्फका आकांक्षी उम्मेद्वारहरु :
१. गोपाल मैनाली २. मिरा खड्का ३. रोशन सुवेदी ४. प्रकाश शिवाकोटी ५. कुमारभट्टराई ६. गोविन्दकुमार प्रधान

समानुपातिकतर्फ
महिला : १. सिता पौडेल २. उमा शिवाकोटी ३. मञ्जु ओली ४. उर्मिला पोखरेल ५. लीलादेवी मैनाली ६. रनमाया रसाइली ७. पवित्रा तामाङ
खुल्ला : १. कृष्ण हुमागाई २. यज्ञप्रताप अधिकारी ३. घनश्याम चौधरी ४. प्रेमप्रसाद राजवंशी ५. रामु सिंह
६. प्रतिमान खड्का ७. युवराज प्रसाई ८. युवराज दाहाल ९. विनोद बस्नेत १०. ओमकृष्ण विमली
११. आनन्द बस्नेत १२. कृष्ण श्रेष्ठ १३. डिपी चिमरिया १४. सजेश शिवाकोटी

प्रदेशसभा (ख) सदस्य प्रत्यक्षतर्फका आकांक्षी उम्मेद्वारहरु :
१. खगेन्द्र मैनाली २. किरण श्रेष्ठ ३. हेमप्रसाद खरेल ४. मदनबहादुर बुढाथोकी ५. रुद्रप्रसाद चापागाई ६. नरहरी चापागाई ७. विशाल थापा
प्रदेशसभा (ख) सदस्य समानुपातिकतर्फ :
महिला : १. चन्द्रकला भण्डारी २. सरस्वती सिटौला गोले ३. लीलादेवी कटुवाल ४. पम्फा विश्वकर्मा ५. मुना भट्टराई
पुरुष  : १. दिपक तामाङ २. राजकुमार बराइली ३. दिपेन्द्र ढकाल ४. रमेश भुजेल ५. डिल्लीराम सापकोटा ६. भोला बराल ७. लिलक सिटौला ८. जयकुमार दाहाल ९. मोहन सुब्बा १०. गोपाल चौधरी ११. कर्ण तामाङ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *