नेकपा एमालेले झापा ३ बाट दुर्गा प्रसाईसहित ५ जना र ४ बाट एलपी सावाँसहित पाँच जनाको नाम सिफारिस
Published: (Updated: )
by .भद्रपुर । झापा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतक्ष्यतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउन नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईसहित ५ जनाको नाम सिफरिस गरेको छ ।
नेकपा एमाले ३ नम्बर क्षेत्रीय समन्वय कमिटीको आज सोमबार सम्पन्न बैठकले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउन केन्द्रीय सदस्य प्रसाईं, प्रदेश कमिटी सदस्य मोहनचन्द्र रेग्मी, जिल्ला कमिटी सदस्य हरि घिमिरे, जिल्ला विभागका सदस्य लोकनाथ भट्टराई र क्षेत्रीय समन्वय कमिटीका सदस्य गंगा धमलाको नाम उपल्लो कमिटीलाई सिफारिस गरिएको प्रदेश कमिटी सदस्य माधब बिद्रोहीले जानकारी दिए ।
क्षेत्र नं. बाट प्रतिनिधिसभामा समानुपातिकतर्फ शुभलक्ष्मी राईसहित तीनजनाको नाम सिफरिस गरिएको छ भने प्रदेशसभामा क्षेत्र नं. ३ (१)बाट यामबहादुर श्रेष्ठ, तिलबहादुर राई, घनश्याम लकान्द्री र डिएल राजवंशीको नाम सिफरिस गरिएको बिद्रोहीले जनाएका छन् ।
झापा क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्यका लागि पाँच जनाको नाम सिफारिस गरिएको छ ।
नेकपा एमालेको आज सुरुङ्गामा बसेको पार्टीको झापा क्षेत्र नम्बर ४ को क्षेत्रिय समन्वय कमिटीको बैठकले एलपी साँवा लिम्बू सहित पाँच जनाको नाम सिफारिस गरेको हो ।
जसमा प्रदेशसभा सांसद तथा पुर्व कृषि मन्त्री हिरा थापा, शिवसताक्षी नगरपालिकाका निर्वतमान मेयर उपमेयर चन्द्रकुमार शेर्मा र निर्वातमान उपमेयर भोजकुमारी नेपाल र होम गौतमको नाम सिफारिस गरिएको छ ।
साँबा यसअघिको २०७४ सालको निर्वाचनमा झापा ४ बाट कांग्रेसका उम्मेद्धार देउमान थेबेलाई १६ हजार ८०० मतअन्तरले पराजित गर्दै सांसद सांसद बनेका थिए ।
Comments