Sajhamanch Archive

डाँफे सामुदायिक साकोसको १५औं साधारण सभामा दर्जनौंलाई सम्मान र पुरस्कार प्रदान

Published: in अर्थतन्त्र, समाज, सहकारी by .

दमक । झापाको दमक नगरपालिका वडा नं. ५ मा मुख्य कार्यालय रहेको डाँफे सामुदायिक बचत तथा ऋण सकारी संस्था लिमिटेडले आज आफ्नो १५औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

गत भदौ १३ गतेदेखि एकाईगत साधारणसभा गर्दै आएको सो सहकारीले आज पत्रकारसहित विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कृत गर्दै माइन्युट प्रमाणित साभारणसभा सम्पन्न गरेको हो ।

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा आयोजित माइन्युट प्रमाणित साधारणसभामा बोल्दै उनले तरलता अभावको विषयलाई लिएर बजारमा सहकारीका विपक्षमा जुन हल्ला छ त्यसमा कुनै सत्यता नरहेको दावी गरे । एक हप्ता अघिदेखि तरलतामा सुधार आउँदै गरेको जनाउँदै उपाध्यक्ष पोखरेलले कोभिड १९ को विश्वब्यापी महामारी र रुस–युक्रेन बीचको युद्धका कारण आर्थिक मन्दी आएको प्रष्ट्याएका थिए ।

डाँफे साकोसले यस्तो असहज अवस्थामा पनि सदस्यको माया र विश्वसका कारण समीक्षा वर्षमा ७३ करोड ८२ लाख ४५ हजार ५२१ रुपैयाँको कारोबार गर्न सफल भएको अवगत गराउँदै संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले सदस्यसँगको दिगो सम्बन्ध स्थापित गर्दै संस्था अगाडि बढिरहेको विश्वास दिलाए । अध्यक्ष न्यौपानेले सामुदायिक विध्यालयमा अध्ययनरत २ जना बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गरिरहेको जनाउँदै सदस्यहरुमाझ बीमा बचत, शैक्षिक सम्मान कार्यक्रम, ग्रीन कार्ड, उध्यमशिलता पुरस्कार लगायतका कार्यक्रम थप गरिएको बताए ।

साधारणसभाको अवसरमा संस्थाले जनप्रतिनिधि र पत्रकारसहित विभिन्न व्यक्तिलाई सम्मान पत्र तथा नगदले पुरस्कृत गरेको छ । ज्येष्ठ सदस्य सम्मानतर्फ २ हजार रुपैयाँसहित ऋतुप्रसाद खनाल, पत्रकार सम्मानतर्फ नगद ५ हजार १ सय रुपैयाँसहित बिनोद सापकोटा र कर्मचारी सम्मानतर्फ नगद ५ हजार १ रुपैयाँसहित हेमराज काफ्लेलाई सम्मान तथा परस्कृत गरिएको छ ।

त्यसैगरी संस्थामा कारोबार गर्ने सदस्यहरुमध्ये स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित एक दर्जनभन्दा बढी सदस्यलाई सम्मान गरिएको छ । संस्थाका सचिव लीलानाथ खनालले सन्चालन गरेको कार्यक्रममा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई उपाध्यक्ष सन्तोषकुमार श्रेष्ठले शाब्दिक स्वगत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *