मेची पूलमा मानव बेचबिखन विरुद्ध सचेतनामुलक कार्यक्रम
Published:
by .भद्रपुर । मानव बेचबिखन तथा ओसार पसार विरुद्धको १६औं राष्ट्रिय दिवसको अवसरमा सोमबार देशभर विविध कार्यक्रम सम्पन्न भएका छन् । सोही सन्दर्भमा झापाको भद्रपुरमा पनि जनचेतनामुलक पोष्टर टास्ने तथा र्यालीसहितको कार्यक्रम सम्पन्न भएको छ ।
भद्रपुर नगरपालिकासहित मानव बेचबिखन विरुद्धका क्षेत्रमा काम गर्ने एबिसी नेपाल झापा, साना हातहरु, वडा प्रहरी कार्यालय भद्रपुर, शसस्त्र प्रहरी बल भद्रपुर, मानव अधिकारका लागि एकल महिला समूह, मेची बहुमुखी क्याम्पस, विश्व सेवालगायतका संघ–सस्थाको आयोजनामा दिवस मनाइएको हो ।
भद्रपुरमा र्यालिसहित नगर परिक्रमा पछि मेची पूलमा कार्यक्रम गरिएको थियो । भद्रपुर नगरपालिकाका सामाजिक विकास समितिका अध्यक्ष सिता गुरागाइको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्की सहभागी थिए ।
कार्यक्रममा एबिसी नेपालका झापा अध्यक्ष कन्चना ढकाल सिटौला, वडा प्रहरी कार्यालयका प्रमुख सन्तोष बुढाथोकी, सशस्त्र प्रहरी सीमा प्रमुख रामकुमार घिमिरे, साना हात भद्रपुर स्टेसन म्यानेजर बिक्रम वाग्ले लगायतले आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मानव बेचबिखन तथा ओसार पसार बिरुद्ध, लागू औषध बिरुद्धका नारासहितका स्टिकर पम्प्लेटहरु सवारी साधनमा टाँस्नुका साथै वितरण समेत गरिएको थियो ।
नेपालतर्फको मेची पूल पश्चिम तथा भारतको बिहार राज्यस्थित गलगलियाका केही स्थानहरुमा मानव बेचबिखन बिरुद्ध र लागू अौषध बिरुद्धका चेतना मुलक पम्पप्लेट र स्टिकरहरु सवारी साधन र स्थानीय होटलहरु टाँसिएको एबिसी नेपालका अध्यक्ष सिटौलाले बताइन् ।
Comments