सतासीले पनि सुरु गर्यो सदस्य शिक्षा तालिम
Published:
by .मेचीनगर । सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आज मेचीनगर सेवा केन्द्र अन्तरगतका नयाँ सदस्यहरुमाझ अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका सञ्चालक समिति सदस्य तथा शिक्षा तथा तालिम उपसमितिका सदस्य ध्रुव कनालको अध्यक्षतामा आयोजित सदस्य शिक्षा अभिमुखीकरण कार्यक्रममा मेचीनगर सेवाकेन्द्र अन्तरगतका नयाँ सेयर सदस्यहरुलाई संस्थाको वित्तीय अवस्थाका बारेमा जानकारी दिइएको थियो । सदस्यहरुलाई कस्तो क्षमता भएको सहकारीमा सदस्य बनेका रहेछौं, कतिको सुरक्षित छ भन्ने अवगत गराउन आवश्यक रहेकाले सदस्य शिक्षा तालिम आयोजना गरिएको प्रबन्धक सन्तोष कुमार श्रेष्ठले जानकारी दिए ।
जबसम्म संस्थाका सदस्यहरुलाई वास्तविक जानकारी दिएर सक्रिय बनाउन सकिँदैन तबसम्म उहाँहरुमा भित्रभित्रै डर रहिरहन्छ भन्ने आशयले सतासी बहुउद्देश्यीय सहकारी संस्थाले सुरुमा नयाँ सदस्यमाझ यस्तो कार्यक्रम लिएर आएको प्रबन्धक श्रेष्ठको भनाई छ ।
तालिमको सहजीकरण गर्दै प्रबन्धक श्रेष्ठले नयाँ तथा पुराना सेयर सदस्यहरुलाई संस्थाको बारेमा जिज्ञासा राखेर समाधानको प्रयास गरेका थिए । सो कार्यक्रममा सञ्चालक समितिका सदस्य जीवनकुमार प्रधान, धुलाबारी एकाईका संयोजक देवीमाया तामाङ, सदस्य पदमलाल धिमालसहित संस्थाका कर्मचारीहरुको सहभागिता थियो ।
Comments