Sajhamanch Archive

राप्रपाबाट झापा ३ मा राजेन्द्र र ४ बाट खुस्बु उम्मेदवार सिफरिस

Published: in राजनीति, राष्ट्रिय समाचार by .

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफरिस भएका छन् ।

पार्टीको क्षेत्रीय समितिको बैठकले अध्यक्ष लिङ्देनको नाम सर्वसम्मतिले सिफारिस गरेको जनाइएको छ । अध्यक्ष लिङ्देनले २०७४ सालको चुनावमा नेकपा एमालेको सहयोगमा कांग्रेस नेता कृष्ण सिटौलालाई पराजित गरेका थिए ।

यसैगरी निर्वाचन क्षेत्र नं. ४ मा पार्टीले खुस्बु ओलीलाई उम्मेदवार बनाउने भएको छ । पार्टी नेतृ ओली विभिन्न सामाजिक संघ–संस्थाहरुको माध्यमबाट सशक्तिकरण अभियानमा लागेकी सक्रिय महिला हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *