कर्णाली साकोस दमकका सदस्यलाई संस्थाको वस्तुस्थिति बारे प्रशिक्षण
Published:
by .दमक । बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको दमक सेवा केन्द्रले नयाँ सदस्यहरुलाई सहकारी शिक्षा सम्बन्धी तामिल प्रदान गरेको छ । दमक सेवा केन्द्र व्यवस्थापन समितिका सदस्य गिरीराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीमा आवद्ध नयाँ सदस्यहरुको उल्लेख्य सहभागिता थियो ।
सदस्य शिक्षा कार्यक्रममा संस्थाको दमक सेवा केन्द्रका व्यवस्थापक मित्रबहादुर बस्नेतले कर्णाली सहकारीका बारेमा जानकारी गराएका थिए । सदस्यहरुलाई कर्णाली सहकारीको बचतका प्रकारहरु, कर्जा प्रवाह, स्वास्थ्य उपचार कोष लगायतको विषयमा जानकारी दिइएको थियो ।
कर्णाली सहकारीमा सेयर सदस्यता हरेक दिन खुल्ला रहेको जानकारी दिँदै व्यवस्थापक बस्नेतले महिनाभरमा थपिएका नयाँ सदस्यहरुलाई संस्थाका बारेमा जानकारी गराउन मासिकरुपमा यस्तो तालिम सञ्चालन गर्ने गरिएको जानकारी दिए ।
तालिममा सहभागी सदस्यहरुले उठाएका जिज्ञासाहरुको पनि व्यवस्थापक बस्नेतले समाधानको प्रयास गरेका थिए ।
Comments