चुनावमा होमियो कांग्रसः ‘जनतासँग कांग्रेस अभियान’ अर्जुनधारामा
Published:
by .अर्जुनधारा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनतासँग पुगेर जनताका गुनासो, सुझाव र स्थानीय आवश्यकताको पहिचान गर्दै संगठन विस्तारको नीति अघि सारेको कांग्रेसले अर्जुनधारामा ‘जनतासँग कांग्रेस अभियान’ सम्पन्न गरेको छ ।
नेपाली कांग्रेस प्रदेश क्षेत्रीय समिति क्षेत्र नं. २ (ख) झापाको आयोजनामा अर्जुनधारा नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा पूर्वमन्त्री केशवकुमार बुढाथोकीले नेपाली कांग्रेस जहिल्यै जिम्मेवार ढंगमा प्रस्तुत भएको दावी गर्दै जनतासँग गरेको वाचा पुर्याउने प्रतिबद्धता जनाएका छन् ।
आकांक्षी उम्मेद्वारहरुमध्ये जसलाई टिकट दिएपनि कांग्रेस कार्यकर्ता एकजुट भएर चुनाव जिताउनुपर्नेमा जोड दिँदै नेता बुढाथोकीले पार्टीले सिफारिस गरेका उम्मेद्वारबीचमा कुनै वैमनश्यता नभएको दावी गरे ।
सो कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं अभियानका लागि केन्द्रीय प्रतिनिधि डा। डिला संग्रौलाले नेपाली कांग्रेस जे बोल्छ, त्यो गरेर देखाउँछ, प्रतिपक्षले जस्तो हावादारी गफ गर्दैन भन्ने जिकिर गरिन् ।
केन्द्रीय सदस्य संग्रौलाले अब कांग्रेस एक ढिक्का भएर पार्टीले सिफारिस गरेका उम्मेद्वारहरुलाई चुनाव जिताउन कार्यकर्तालाई आह्वान पनि गरेकी छन् ।
कार्यक्रममा केन्द्रीय सदस्य सरिता प्रसाईले लोकतन्त्र, संविधानको रक्षा गर्न नेपाली कांग्रेसमात्रै सक्षम रहेको बताउँदै निर्वाचनमा लोकतन्त्र विरोधी तत्वलाई चिनेर लोकतन्त्रको पक्षमा मतदान गर्न आह्वान गरिन् ।
प्रदेश (ख) का सभापति किरण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत पहलमान बरालले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिवद्वय डिल्लीराम सापकोटा र कृष्ण थापाले गरेका थिए ।
Comments