अनेमसंघ झापाको अध्यक्षमा पाठक, १५१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन
Published:
by .झापा । नेकपा एमालेको जनसंगठन अखिल नेपाल महिला संघ झापा जिल्ला कमिटीको अध्यक्षमा पवित्रा पाठक सर्वसम्मत चयन भएकी छन् ।
संघको भदौ ४ गते उद्घाटन भएको नवौं जिल्ला अधिवेशनमा मनोनयन दर्ता गराएका आकांक्षीहरु मध्येबाट जिम्मेवारी बाँडफाँड गरी सर्वसम्मत नेतृत्व चयन गरिएको हो । संघको वरिष्ठ उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, उपाध्यक्षमा रेणुका डाँगी, सचिवमा लीला दहाल, सहसचिवमा सीता बिक र कोषाध्यक्षमा कोपिला चुडाल सर्वसम्मत चयन भएका हुन् ।
नेकपा एमाले बिर्तामोड नगरकमिटीका अध्यक्ष सुवास भट्टराईका अनुसार अनेम संघका ६ जना पदाधिकारीसहित १५१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको हो ।
Comments