Sajhamanch Archive

दमकमा कर्णाली साकोसको सदस्य उपचार राहत हस्तान्तरण तथा अन्तरक्रिया

Published: in अर्थतन्त्र, मुख्य समाचार, शिक्षा, समाज, सहकारी by .

दमक । कर्णाली बचत तथा ऋण सहकारी संस्थाको दमक सेवा केन्द्रले आइतबार आफ्ना सदस्यहरु बीच चाडपर्व विशेष शुभकामना आदन प्रदान, सदस्य राहत हस्तान्तरणसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

दमक सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक शेरबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कर्जा विभाग प्रमुख मनहरि निरौलाले कर्णाली साकोस एवम् सिङ्गो सहकारीको सन्दर्भमा उत्पन्न भ्रमहरुमाथि प्रकाश पारेका छन् ।

सहकारी संस्थामा कारोबार गर्ने सदस्यहरुलाई संस्थाका कोषहरुको बारेमा जानकारी दिनुपर्ने, सदस्यहरुले संस्थाको कारोबारको बारेमा निरन्तर जानकारी लिइरहनु पर्ने लगायतका विषयमा निरौलाले प्रकाश पारे । उनले कर्णाली सकोसले कार्यान्वयन गरिरहेको स्वास्थ्य उपचार कोष लगायतका अन्य सुविधाका बारेमा पनि सहभागी सदस्यहरुलाई जानकारी गराएका छन् ।

सो अवसरमा संस्थाका तीनजना सदस्यहरुलाई उपचार राहत रकम हस्तान्तरण गरिएको छ । दमक सेवा केन्द्र प्रमुख मित्रबहादुर बस्नेतका अनुसार चन्द्रदेवी राईलाई पत्थरियाको शल्यक्रिया उपचार राहत वापत २४ हजार ६०० रुपैयाँ र धनमाया तुम्रोकलाई १० हजार रुपैयाँ प्रदान गरिएको छ । यस्तै, एपेण्डिसाइट्सको शल्यक्रिया गरेका अर्का सदस्य परिमल शाहलाई पनि १० हजार रुपैयाँ उपचार राहत प्रदान गरिएको छ ।

दमक सेवाकेन्द्र व्यवस्थापन समितिका सदस्य गिरीराज भट्टराईले स्वागत गर्दै कार्यक्रममो औचित्यका बारेमा जानकारी गराएका थिए भने कर्णाली साकोसका सदस्य डा. लेखनाथ न्यौपानेलगायतले आफ्ना धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *