Sajhamanch Archive

दलका घोषणापत्रमा सहकारीको मुद्दा समावेश गर्न महासंघको ध्यानाकर्षण

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले २०७९ मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीहरुको घोषणापत्रमा सहकारीका मुद्दालाई समेट्न ध्यानाकर्षण गरेको छ ।

आज मंगलबार महासंघका अध्यक्ष मिनराज कडेल र वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले नेकपा ९एमाले०का महासविच शंकर पोखरेल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई घोषणापत्रमा सहकारीका मुद्दा समेट्न आग्रह गर्दै ध्यानाकर्षणसहित सुझाव पत्र बुझाएका हुन् ।

आगामी संसदीय निर्वाचनका लागि पार्टीहरु घोषणापत्र तयारीमा जुटिरहेको समयमा महासंघले सहकारी अभियानको तर्फबाट दललाई सुझाव दिन थालेको हो । महासंघका अध्यक्ष मिनराज कँडेलले सबै दललाई सुझाव दिने तयारी गरिरहेको बताए ।

‘हामीले दलहरुलाई सहकारीको अभियानको तर्फबाट घोषणपत्रमा समेट्नुपर्ने सहकारीका मुद्दाका विषयमा बुँदागत रुपमा सुझाव पेश गरेका छौं । उहाँहरु सकारात्मक रहेको र प्राप्त सुझावलाई अध्ययन गरेर समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ’ कँडेल भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *