Sajhamanch Archive

नेपालको प्रतिनिधित्व गर्दै झापाका धर्मेन्द्र भट्टराई एशियाली शिक्षा सम्मेलनमा बैंगलोर जाँदै

Published: in राष्ट्रिय समाचार, विविधा, शिक्षा, समाज by .

झापा । नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसियसन नेल्टाका केन्द्रीय सदस्य एवम् झापा जिल्ला अध्यक्ष धर्मेन्द्र भट्टराई एशियाकै सबैभन्दा ठूलो शैक्षिक सम्मेलन एशियन समिट अन एजुकेशन एण्ड स्किलमा सहभागी हुन नेपाली प्रतिनिधिको रुपमा बैंगलोर जाने भएका छन् ।

आगामी असोज ३ गतेदेखि ७ गतेसम्म भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा हुने उक्त सम्मेलनमा भारतका सबै प्रान्तका साथै एशियाका अधिकांश देशहरूको सहभागिता रहने बताइएको छ।

कार्यक्रममा ३ दिनसम्म एशियाका शिक्षा मन्त्रीहरु र एजुकेशन लिडरहरु बिचमा एशियाको शिक्षा नीति निर्माण, शिक्षामा साझेदारी, नीति कार्यान्वयन, प्रविधिको विकास एवम् प्रयोग र शिक्षा क्षेत्रका चुनौती र सम्भावनाजस्ता विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

सोही कार्यक्रमका बीचमा भारतको सबैभन्दा उच्च शैक्षिक संस्था सम्मान एवार्ड विभिन्न तहका शैक्षिक संस्थाहरुलाई प्रदान गरिने भएको छ।

सम्मेलनको तेस्रो चौथो र पाँचौ दिन बैंगलोरस्थित अन्तरास्ट्रिय प्रदर्शनी केन्द्रमा ३०० बढी शैक्षिक सामग्री उत्पादन गर्ने कम्पनीका १५ सय बढी शैक्षिक सामग्री प्रदर्शन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

भारतीय शिक्षा मन्त्रालय, नीति आयोग र स्किल इण्डियाको आयोजना र कर्नाटक राज्यको शिक्षा मन्त्रालय र इण्डिया डाइडाक्टिक एशोसिएसनको आतिथ्यमा आयोजित उक्त सम्मेलनमा भारत तथा एशियाका शिक्षा मन्त्रीहरु, शिक्षाविद् शैक्षिक अभियानका वरिष्ठ विज्ञहरु, नीति निर्माताहरु, शैक्षिक सामग्री उत्पादकहरुको सहभागिता रहने आयोजकले जनाएको छ।

अध्यक्ष भट्टराई नेपाली शैक्षिक अभियन्ताको रुपमा नेपालको प्रतिनिधित्व गर्दै ब्यक्तिगत निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन लागेको हुन्। उनले सम्मेलनमा नेपालको शैक्षिक अवस्था, चुनौति र एशियाली शिक्षा नीति निर्माण विषयको छलफलमा भाग लिने बताए। उनी शिक्षण संस्था एवार्ड वितरण समारोहमा विशेष अतिथिको रुपमा समेत रहने र के १२ शिक्षा प्रणाली विषयक राउण्ड टेबल टक कार्यक्रमको वक्ताको रूपमा प्रस्तुत गरिएको छ।

नेल्टा झापाका अध्यक्ष भट्टराई यसअघि सन् २०१९ मा दुवईमा सम्पन्न ग्लोबल एजुकेशन एण्ड स्किल फोरम र सन २०२० मा श्रीलंकामा सम्पन्न श्रीलंकाली शिक्षक प्रशिक्षक सम्मेलनमा सहभागी भएर आफ्नो प्रस्तुति दिइसकेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *