शिक्षा शिकोप निकेतनमा नानीबाबुको आँखा जाँच
Published:
by .बिर्तामोड । शिक्षा शिकोप निकेतनले शुक्रवार नानीबाबुहरुको आँखा जाँच गराएको छ । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको व्यवस्थापन र दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा निकेतनले बालबालिकाको आँखा जाँच गराएको हो ।
शिक्षा शिकोप निकेतनकी प्रिन्सिपल रेश्मा घिमिरेका अनुसार ४८ जना बालबालिकाको आँखा जाँच गरिएको छ । जाँच गरिएकामध्ये दुई जना बालबालिकाको आँखामा समस्या देखिएको प्रिन्सिपल घिमिरेले बताइन् ।
बालबालिकामा आँखाको संक्रमण हुनसक्ने र समयमा पहिचान गर्न सके थप जोखिम नहुने भएकाले परीक्षण व्यवस्थापन मिलाइएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए ।
दृष्टि आँखा अस्पतालका तर्फबाट नेत्ररोग विशेषज्ञ अजितकुमार ठाकुर र रीना फियाकले बालबालिकाको आँखा परीक्षण गरेका हुन् । ठाकुरका अनुसार मोवाइल अत्याधिक हेर्ने बालबालिकामा आँखाको समस्या धेरै देखिने गरेको छ ।
Comments