जब्बर चोलेन्द्र, सर्वोच्चमा रमिता, गेटमै प्रहरी परिचालन
Published:
by .काठमाडौं । प्रतिनिधिसभाको आयु सकिएर संसद अधिवेशन अन्त्य भएसँँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएको जिकिरसहित निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरा आज सर्वोच्च अदालत फर्किन लागेका छन् ।
राणालाई अदातलत फर्किन नदिन सरकारले सर्वोच्चको गेटमै प्रहरी लगाएर रोक्ने प्रयास गरेको छ । सर्वोच्च परिसरमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ ।
गठबन्धन पक्षधर बार पदाधिकारी तथा वकिलहरु राणालाई रोक्न सर्वोच्च गेटमै धर्ना बस्ने तयारीमा छन् । सरकारले राणालाई अदालत प्रवेश गर्न नदिने भएको छ ।
राणा अदालत आएमा के हुन्छ रु अहिले सर्वोच्च परिसरमा रमिता चलिरहेको छ । यहाँ के हुन्छ भनेर सर्वसाधारण रमिते भएर वारीपारी बसेर हेरिरहेका छन् ।
Comments