Sajhamanch Archive

गार्गी वाङमय प्रतिष्ठानले मनायो रोहिणीको जन्मजयन्ती

Published: in लोकप्रिय, शिक्षा, समाज by .

अर्जुनधारा । अर्जुनधारा–९ स्थित गार्गी वाङमय प्रतिष्ठानले रोहिणी विलास लुईटेलको ८१औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाएको छ ।

नरेन्द्रप्रसाद अधिकारीको अध्यक्षता तथा समालोचक विष्णुकुमार भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न जन्म जयन्तीमा महिला समूहबीच हाजिरी जवाफ प्रतियोगिता गराइएको थियो । विभिन्न ५ वटा समूह सहभागी प्रतियोगितामा अनिता नेपाल नेतृत्वको (ग समूह) प्रथम भएको थियो ।

सो अवसरमा जगन्नाथ अधिकारी, मिरा पोखरेल लगायतले कविता वाचन गरेको कार्यक्रममा महिला समूहले सामुहिक किर्तन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि भट्टराईले स्व। रोहिणी विलास लुईटेलले छन्द साहित्य एवम् वेद वाङ्मयको विकासमा पुर्याएको योगदानबारे चर्चा गरे । ।

कार्यक्रममा अर्का वक्ता अजुर्नधारा वडा नं. ९ का वडाध्यक्ष भिष्म मिश्रले प्रतिष्ठानको अपुरो भवन पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा जग्गादाता मेघनाथ पोखरेल, केशव थापा, पुष्प प्रसाई लगायतले आफ्ना भनाई राखेका थिए ।

गार्गी वाङमय प्रतिष्ठानमा आवद्ध महिला समूहको सामुहिक स्वस्ति वाचन तथा दिप प्रज्वलनबाट प्रारम्भ भएको कार्यक्रममा स्वागत रमण विलास लुईटेलले र सञ्चालन केदारनाथ पोखरेलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *