एनएमसी चारआली सेवा केन्द्रको हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना
Published:
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
प्रथमपटक प्रकाशित मितिः २०७९/०६/०७
जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं. १३ बस्ने स्व. उमा शिवाकोटी (सदस्य नं. ३३९५२) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल श्रावण ११ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर– १३ बस्ने निजकी छोरी सुनिता ओलीले आफ्नो आमाको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७९ साल असोज २ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।
एनएमसी चारआली सेवा केन्द्र कार्यालय
Comments