Sajhamanch Archive

झापामा रिटर्नी फेडरेशनले बनायो निर्वाचन परिचालन कमिटी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

झापा । नेकपा एमालेको कान्छो भगिनी संस्था रिटर्नी फेडरेशन नेपालले झापाका ५ वटै निर्वाचन क्षेत्रमा काम गर्ने गरी आज चुनाव परिचालन कमिटी घोषणा गरेको छ ।

विश्वका अनेकन मुलुकमा गएर श्रम र पसिना खर्चेर हाल स्वदेशमा आई सीप एवम् पुँजी परिचालन गरिरहेका नेकपा एमालेसँग आस्था राख्ने कर्मशीलहरुको संगठन नै रिटर्नी फेडरेशन हो ।

बिर्तामोडमा आज आयोजित चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रमका बीच फेडरेशनले निर्माण गरेको निर्वाचन परिचालन कमिटीको घोषणा गरिएको हो ।

फेडरेशनका केन्द्रीय सचिव तथा प्रदेश १ का सहइन्चार्ज भरत शिवाकोटीले निर्वाचन क्षेत्रस्तरीय परिचालन कमिटीका संयोजक र सदस्यहरुको नाम घोषणा गरेका हुन् । जसअनुसार संघीय निर्वाचन क्षेत्र नं. १ मा धर्मेन्द्र खड्का संयोजक रहेको ५१ सदस्यीय कमिटी घोषणा गरिएको छ ।

यस्तै, निर्वाचन क्षेत्र नं. २ मा चित्रकला पौडेल संयोजक रहने गरी १०१ सदस्यीय कमिटी बनाइएको छ भने क्षेत्र नं. ३ मा तिलबहादुर बस्नेतको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरिएको छ ।

यसैगरी, निर्वाचन क्षेत्र नं. ४ मा पुष्प सापकोटाको संयोजकत्वमा ५१ सदस्यीय र क्षेत्र नं. ५ मा मदन बोहोरोको संयोजकत्वमा १०१ सदस्यीय रिटर्नी फेडरेशन निर्वाचन परिचालन कमिटी घोषणा गरिएको छ ।

नेकपा एमाले झापा जिल्ला कार्यालयको सभाहलमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरे, प्रदेश कमिटीका सचिव चिन्तन पाठकसहितका नेताहरु लगायत फेडरेशनका नेतृत्वहरुले यसको आवश्यकता र औचित्यसहित आफ्ना धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *