Sajhamanch Archive

मेचीनगरका सबै महिलालाई सीप सिकाएर दक्ष बनाइने उपप्रमुख उप्रेती

Published: in लोकप्रिय, समाज, स्थानीय तह by .

मेचीनगर । मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले अब हरेक महिलाहरुले परनिर्भरताको सट्टा आत्मनिर्भर बन्नतर्फ जोड दिनुपर्ने बताएकी छिन् ।

महिलाले सीप सिकेर यसलाई व्यवहारमा उतार्नसके दुई चार पैसाका लागि कसैको मुख ताक्नु नपर्ने बताउँदै नगर उपप्रमुख उप्रेतीले भनिन् महिला सबल र सक्षम भए आफ्नो घर मात्रै नभएर समाज तथा सिंगो देशको नै समृद्धिमा उनीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने छन् ।

शुक्रबार मेचीनगर १० स्थित नयाँ बिहानी आमा समूहको ५औँ साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै उनले अब स्थानीय सरकारले नगरभरिका महिलाहरुलाई कुनै न कुनै सीप सिकाएर दक्ष बनाउने र त्यसका लागि मेचीनगर ८ मा महिलाहरुलाई लक्षित गरेर महिला सीप केन्द्र भवन धमाधम निर्माण भइरहेको समेत जानकारी गराइन् ।

सो कार्यक्रममा मेचीनगर १० का वडा सदस्य विशाल कार्की, लंकाशनी सहकारी संस्थाका अध्यक्ष रुपा पौडेल, प्रगतिशील युवा क्लबका अध्यक्ष कविता कार्कीलगायतले आफ्ना धारणा राखेका थिए ।

सामुदायिक अध्ययन केन्द्र लालपानीको सभाकक्षमा आयोजित कार्यक्रममा समूहले विभिन्न समयमा आयोजना गरेको प्रतियोगितात्मक कार्यक्रममा प्रथम दोस्रो र तेस्रो हुनेलाई पुरस्कार प्रदान गरिएको थियो ।

संस्थाका अध्यक्ष कमला बुढाथोकीले कार्यक्रमको अध्यक्षता गर्दै वार्षिक प्रतिवेदन र ऋण संयोजक सुनिता सापकोटाले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका उपाध्यक्ष लक्ष्मी बजगाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रोश्नी खनालले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *