Sajhamanch Archive

अन्धाधुन्द गोली चलाउँदा मेयरसहित मेक्सिकोमा १८ जनाको मृत्यु

Published: in विश्व समाचार, समाज, by .

काठमाडौं । मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा केही बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १८ जनाको मृत्यु भएको छ ।

बुधबार अपराह्न भएको घटनामा मेक्सिकोको सेन मिगुएल तोतोपेन शहरका मेयर कोनरेडो मिगुएल अलमेडा, उनका बुवा ख्वान मेडोजा अकोस्टासहित १८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ ।

मेयर अलमेडाका बुवा ख्वान मेडोजा अकोस्टा सो सहरका पूर्वमेयर हुन् । आक्रमणमा केही प्रहरीको पनि मृत्यु भएको छ ।

प्रहरीका अनुसार बन्दुकधारीले बुधबार स्थानीय समयानुसार अपराह्न २ बजेतिर टाउन हल क्षेत्रमा प्रवेश गरी गोली प्रहार गरेका थिए । आक्रमणकारीले मेयर अलमेडाका बुवाको घरमै गएर गोली चलाएका थिए ।

त्यसअघि उनीहरुले सुरक्षाकर्मीलाई शहरमा प्रवेश गर्न नदिने उद्देश्यले शहरलाई जोड्ने सडकहरुमा ठूला गाडी तेर्स्याएका थिए ।

यो आक्रमणमा कसको संलग्नता छ भन्ने खुलिसकेको छैन । घटनाको अनुसन्धान जारी रहेको सुरक्षा अधिकारीहरुले बताएका बिबिसीको समाचारमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *