Sajhamanch Archive

साहित्यतर्फको नोबेल पुरस्कार फ्रान्सेली लेखक एनी एनोक्सलाई

Published: in मिडियाबाट साभार, विश्व समाचार, साहित्य by .

काठमाडौं । फ्रान्सेली लेखक एनी एनोक्सलाई सन् २०२२ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ ।

पुरस्कारको घोषणा पछि एनोक्सले लेखकलाई एउटा राजनीतिक कार्य भनेकी छिन् । ‘लेखन एउटा राजनीतिक कार्य हो, जसले सामाजिक असमानता हेर्नको लागि हाम्रो आँखा खोल्छ’ उनले भनिन् ।

सन् १९४० मा जन्मिएकी एनोक्स नर्मन्डीको सानो शहर यभेटमा हुर्किएकी हुन् । उनका आमाबाबुले किराना पसल र क्याफे चलाउँथे ।

गत वर्ष तान्जानियाका उपन्यासकार अब्दुलराजक गुर्नहलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

स्वीडिश एकेडेमीले नोबेल पुरस्कार विजेतालाई १० मिलियन स्वीडिश क्राउन प्रदान गर्छ । उक्त रकम लगभग १ दशमलव २ मिलियन डलर बराबर हुन आउँछ । यो पुरस्कार पाउने उनी १७ औं महिला हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *