Sajhamanch Archive

उदित नारायण झा बारेको हल्ला निराधार र कपोकल्पित !

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, विश्व समाचार by .

झापा। बडादशैंको टिकाको दिन बुधबार बेलुकादेखि सामाजिक सञ्जालमा गायक उदितनारायण झाको मृत्यु भएको चर्चाहरु चलेपनि उनी स्वस्थ रहेको स्वयम्ले बताएका छन् ।

भारतीय टेलिभिजन च्यानल आजतकसँगको कुराकानीमा उदित नारायणले भने ‘हार्ट अट्याकको खबर सरासर गलत हो, म धेरै हाँस्छु भने कसरी हार्ट अट्याक हुन्छ ?’ उनले थपे, ‘म हाँस्दैछु, दशैँको अवसरमा यस्ता नकारात्मक हल्लाले मेरो उमेर बढाएको छ । हिजो मात्र दिपालीले मलाई फोन गरेर भनिन्, तिम्रो लागि एउटा नराम्रो खबर आएको छ, मानिसहरूले मलाई फोन गरेर मेसेज गरेर तिम्रो हृदयघातको बारेमा सोधिरहेका छन् ।’

यस्तो हल्लाले उनका नेपाली प्रशंसकहरु चिन्तित देखिए । यस्तोमा, गायक झाको स्वास्थ्य अवस्था कस्तो छ भन्ने कौतुहलता पनि कायमै थियो । हल्लाबीच उदित स्वयम्ले टेलिभिजनमा कुरा गरेर आफू स्वस्थ रहेको जनाएका हुन् ।

मिडियासँगको कुराकानीमा उदितले धेरै पटक यस्ता अफवाह मानिसका बारेमा फैलिने गरेको बताउँदै यस्तो सुन्दा दुःख लाग्ने बताए । ‘मैले बुझिनँ किन कसैले यस्तो गरेको होला । यसअघि पनि २०११ मा केही गुण्डाहरूले पक्राउ परेका थिए । जसले मलाई मार्ने ठेक्का दिएका थिए । मलाई यस्ता कुरामा कुनै आपत्ति छैन, तर परिवारका सदस्यहरू तनाबमा पक्कै छन् ।’

यो टेलिफोन वार्ता पनि सुन्नुहोस् :

https://www.facebook.com/brajkishor.patel.984/videos/515184146639268/

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *