नेकपा एकीकृत समाजवादीलाई प्रतिनिधिसभामा १९ सिट कोटा, को को हुने उम्मेदवार
Published:
by .काठमाडौँ । नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवारहरुको टुंगो लगाएको छ । सत्ता गठन्धनबाट १९ सिट प्राप्त गरेसँगै नेकपा एसले आज बिहान उम्मेदवारहरूको टुंगो लगाएको हो ।
कास्की २ मा श्रीनाथ बराल प्रस्तावित छन् । उनको ठाउँमा शिव गुरुङको पनि नाम रहेको छ । अन्यत्र भने टुङ्गो लागिसकेको एक नेताले जानकारी दिए ।
निवर्तमान प्रतिनिधिसभामा प्रत्यक्ष जित्ने सबैले टिकट पाएका छन् । सचिव रामकुमारी झाक्री गुल्मी २ बाट उठ्ने भएकी छन् । तनहुँ २ बाट जितेका किसान श्रेष्ठ बारा ४ मा उम्मेदवार हुने भएका छन् ।
बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे धादिङ १ बाट प्रतिनिधिसभामा उठ्ने भएका छन् । अन्तिम समयमा कुनै हेरफेर नभए यही अनुसार उम्मेदवारी हुने पार्टी स्रोत बताउँछ ।
प्रतिनिधि सभामा एकीकृत समाजवादीका उम्मेदवारहरु
१. इलाम क्षेत्र न. १ झलनाथ खनाल
२. उदयपुर क्षेत्र न. २ जगन्नाथ खतिवडा
३. रौतहट क्षेत्र न. १ माधवकुमार नेपाल
४. बारा क्षेत्र न. ४ कृष्णकुमार श्रेष्ठ (किसान)
५. काठमाडौं क्षेत्र न. ८ जीवनराम श्रेष्ठ
६. ललितपुर क्षेत्र न. २ कृष्णलाल महर्जन
७. धादिङ क्षेत्र न. १ राजेन्द्रप्रसाद पाण्डे
८. मकवानपुर क्षेत्र न. २ विरोध खतिवडा
९. कास्की क्षेत्र न. २ श्रीनाथ बराल
१०. गुल्मी क्षेत्र न. २ रामकुमारी झाँक्री
११. पाल्पा क्षेत्र न. २ सोमप्रसाद पाण्डे
१२. रुपन्देही क्षेत्र न. २ राजु गुरुङ
१३. दाङ क्षेत्र न. १ मेटमणि चौधरी
१४. सल्यान प्रकाश बुढाथोकी (ज्वाला)
१५. डोल्पा धनबहादुर बुढा मगर
१६. दैलेख क्षेत्र नं. १ अम्बरबहादुर थापा
१७. अछाम क्षेत्र न. १ शेरबहादुर कुँवर
१८. बझाङ भानुभक्त जोशी
१९. डोटी प्रेमबहादुर आले
यसैबीच झापा निर्वाचन क्षेत्र नं. २ क बाट प्रदेशसभा सदस्यका लागि गठबन्धन दलबाट पूर्व सांसद पुष्पराज पोखरेलले उम्मेदवारी दिने निर्णय सार्वजनिक भएको छ । नेपाली कांग्रेस, एमाओवादी र समाजवादी एसका संयुक्त उम्मेदवार पोखरेलले नेकपा एमालेका नेता, प्रदेशसभा सदस्य एकराज कार्कीसँग प्रतिष्पर्धा गर्ने निश्चित भएको हो ।
Comments