Sajhamanch Archive

झापा निर्वाचन क्षेत्र नं. ४ मा एमालेको निर्वाचन लक्षित कार्यक्रम जारी

Published: in राजनीति, समाज, स्थानीय तह by .

कनकाई । नेकपा एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नं. ४ को सुरुङ्गामा मंगलबार सम्पन्न बैठकले महत्वपूर्ण चार वटा एजेण्डाहरु माथि छलफल गरी कार्यान्वयन गर्ने निश्कर्ष निकालेको छ ।

बैठकमा संघीय सांसदको निर्वाचन प्रचारप्रसार कार्यतालिका अनुमोदन, प्रदेश सांसदहरुको निर्वाचन प्रचारप्रसार कार्यतालिका अनुमोदन, निर्वाचन परिचालनका लागि क्षेत्र नं. ४ अन्तर्गत पर्ने २८ वटै वडामा स्रोत व्यक्तिको छनौट र जिम्मेवारी प्रदान सम्बन्धी विषयमा निर्णय गरिएको हो । यस्तै जनवर्गीय संगठनका संयोजक तथा पदाधिकारीहरुको जिम्मेवारी तोक्ने सम्बन्धी निर्णयको पनि अनुमोदन भएको छ ।

सो बैठकले निर्वाचन क्षेत्र नं. ४ निर्वाचन परिचालन कमिटीको संयोजकमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य तथा पूर्व सांसद तारासम याङ्या र सचिवमा नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नं. ४ का संयोजक खेम मिश्रलाई जिम्मेवारी तोकेको छ । यस्तै निर्वाचन क्षेत्र नं. ४ (१) मा चन्द्र शेर्माको संयोजकत्व रहने गरी र ४ (२) मा टंक कार्कीको संयोजकत्वमा प्रदेश निर्वाचन परिचालन कमिटी गठन भएको हो । ।

यसैगरी निर्वाचनमा तालमेल गरेका अन्य राजनीतिक दलहरुसँग समन्वय गर्न नेकपा एमाले प्रदेश सचिवालय सदस्य तथा क्षेत्र नं. ४ का इञ्चार्ज हिरा थापाको संयोजकत्वमा चन्द्रकुमार शेर्मा र गोकर्ण ओझा रहेको तीन सदस्यीय समन्वय समितिसमेत गठन गरिएको छ ।

यसैगरी नेकपा एमाले र तालमेलका उम्मेद्वारलाई जिताउन एमालेका १४ वटा जनवर्गीय संगठनहरुले आफ्नो भूमिकालाई थप शसक्त बनाउनुपर्ने निष्कर्षसहित नेकपा एमालेका जनवर्गीय संगठनको साझा भेला पनि मंगलबार नै सम्पन्न भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *