Sajhamanch Archive

डेङ्गु नियन्त्रणका लागि पालिकाले ठोस योजना नल्याउँदा झापामा संक्रमितको संख्या बढ्दै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य by .

झापा । तीब्ररुपमा फैलिदैं गएको डेङ्गु नियन्त्रणका लागि पालिका अन्तरगतका स्वास्थ्य शाखाले ठोस योजना बनाउन नसकेको कारण झापामा संक्रमण वृद्धि भइरहेको स्वास्थ्य कार्यालय झापाले आरोप लगाएको छ । उसको तथ्याङ्कमा अहिले जिल्लामा १०५ जनामा डेंगु संक्रमित छन् ।

स्वास्थ्य कार्यालय झापाले डेङ्गु संक्रमणको अवस्थाका बारेमा जिल्ला प्रशासन कार्यालय झापामा आज बुधवार अध्ययन प्रतिवेदन बुझाएर यस्तो जानकारी गराएको हो । यद्यपी डेङ्गु संक्रमणबाट मृत्यु भएका मानिसहरुको बारेमा प्रतिवेदनमा केही समावेश गरिएको पाइएको छैन ।

प्रतिवेदनमा डेङ्गु संक्रमण नियन्त्रणका लागि पालिकाहरुले ठोस कार्यक्रम ल्याउन नसकेको निष्कर्ष निकालिएको स्वास्थ्य कार्यालयका अधिकृत बालकृष्ण भण्डारीले बताए । उनले स्थानीय तहमा नयाँ जनप्रतिनिधिहरु आएकाले उनीहरु डेङ्गु संक्रमण नियन्त्रणका लागि त्यति अनुभवी नभएको ठहर गर्दै संक्रमण नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले सहजीकरण गर्ने निर्णय गरिएको पनि जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *