Sajhamanch Archive

झापा निर्वाचन क्षेत्र नं. १ : ३ जनाको उम्मेद्वारी फिर्ता

Published: in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

मेचीनगर । झापा निर्वाचन क्षेत्र नं। १ मा प्रतिनिधि सभा र प्रदेशसभा सदस्यमा उम्मेद्वार मनोनयन दर्ता गरेका २ जना स्वतन्त्र र १ जना पार्टीका उम्मेद्वारले आफ्नो मनोनयन पत्र फिर्ता लिएका छन् ।

प्रतिनिधिसभा सदस्यमा मनोनयन गरेका सन्तराज कार्कीले उम्मेदवारी फिर्ता लिएका हुन् । यस्तै प्रदेशसभा ‘ख’ को सदस्यमा २ जना स्वतन्त्र उम्मेद्वारहरु राजन चिमरिया र गीताप्रसाद अधिकारीले आफ्नो मनोनयन पत्र फिर्ता लिएको निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिएका हुन् ।

मनोनयन दर्ता गरेका ३४ जना मध्ये ३ जना उम्मेद्वारले आफ्नो मनोनयन पत्र फिर्ता लिएका हुन् । अब प्रतिनिधिसभामा ३ जना र प्रदेशसभा ‘ख’ को सदस्यमा १ जना गरी ४ जना स्वतन्त्र उम्मेद्वार चुनावी मैदानमा उत्रिने पक्का भएको छ । प्रदेशसभा ‘क’ मा एकजना पनि स्वतन्त्र उम्मेद्वार नभएको कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयको तालिका अनुसार बुधबार दिउसो १ वजेभित्र उम्मेद्वारले मनोनयन पत्र दर्ता फिर्ता लिने समय थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *