Sajhamanch Archive

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

Published: in विज्ञापन by .

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर ६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०७९/०६/२६

जिल्ला झापा बुद्धशान्ति ७ बस्ने स्व. मिरा खतिवडा (सदस्य नं. १६०२२) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल भदौ २३ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला बुद्धशान्ति ७ बस्ने निजका श्रीमान श्रीनारायाण खतिवडाले आफ्नो श्रीमतीको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०७९ साल असोज ७ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी चारआली कार्यालय

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *