उपसभापति पाण्डे झापा कांग्रेसको कार्यवाहक सभापति
Published:
by .बिर्तामोड । नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको छ ।
सभापति देउकुमार थेवेको सभापतित्वमा आज सम्पन्न पदाधिकारीको बैठकले आसन्न निर्वाचनसम्मका लागि पाण्डेलाई कार्यबाहक सभापतिको जिम्मेवारी तोकेको हो ।
जिल्ला सभापति थेवे झापा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बनेपछि पाण्डेलाई कार्यबाहक दिइएको हो ।
नेवि संघको १ नं क्षेत्रीय समिति सदस्य भई नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएका पाण्डे कनकाई क्याम्पस बिर्तामोडको स्ववियु सभापति, नेविसंघको जिल्ला पदाधिकारीको जिम्मेवारी सम्हाले पश्चात मूल पार्टीको राजनीतिमा क्रियाशिल भएका थिए ।
नेपाली कांग्रेस तत्कालीन ३ नम्बर क्षेत्रीय समितिको सदस्य हुँदै पार्टीको १०औं महाधिवेशनबाट दुई कार्यकाल जिल्ला सदस्य, १३ औं महाधिवेशनमा जिल्ला कोषाध्यक्ष बनेका नेता पाण्डे गत मंसिरमा सम्पन्न पार्टीको १४औं महाधिवेशनबाट झापा उपसभापतिमा विजयी भएका हुन् ।
२०७९ वैशाखमा सम्पन्न स्थानीय तहको चुनामा नगरप्रमुखका आकांक्षी पाण्डेले टिकट पाए पनि अन्तिम समयमा ईन्द्र बुढाथोकीको मनोनयन भएको थियो । सामाजिक तथा व्यवसायिक काममा अग्रसर पाण्डेको कार्यवाहक सभापतित्व सफल बनोस्, शुभकामना ।
Comments