‘झापाका सबै क्षेत्रका जनता सूर्य चिन्हको पक्षमा’ : एमाले नेता घिमिरे
Published:
by .बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटीका सदस्य तथा प्रदेश १ का इञ्चार्ज देवराज घिमिरेले झापाका जनता नेकपा एमालेको पक्षमा रहेको बताएका छन् ।
झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेका घिमिरेले जतिसुकै चुनौति खडा भएपनि झापाका सबै क्षेत्रका जनता सूर्य चिन्हको पक्षमा रहेकोले नेकपा एमालेको विजय सुनिश्चित रहेको उनको दावी छ ।
चुनावी अभियानका क्रममा कार्यकर्ता तथा मतदातासमक्ष भेटघाट गर्दै आफ्ना धारणा सुनाउँदै आएका नेता घिमिरेले एमालेको विरुद्वमा देशी, विदेशी शक्तिहरु लागेको भए पनि यसले कुनै असर नगर्ने जिकिर गरेका छन् ।
सम्भव भएसम्म सबै दलहरु गठबन्धनमा रहेको, स्वतन्त्रताका नाममा जनतालाई विभिन्न भ्रम सिर्जना गर्दै उम्मेदवार खडा गरिएको भए पनि जनताले यसलाई मंसीर ४ गते चिर्ने घिमिरेले बताए । राष्ट्र बनाउन, जनताको जीवनलाई उन्नत बनाउन, न्यायपूर्ण समाज निर्माण गर्न, प्रशासनलाई स्वस्थ र पारदर्शी बनाउन, बेरोजगारी अन्त्य गर्न, राष्ट्रिय उत्पादकत्व वृद्धि गर्नका लागि नेकपा एमालेको स्थिर सरकार आवश्यक रहेको उनको भनाई छ ।
इमान्दार, कर्तव्यनिष्ठ, सक्षम र अव्वल नेताको रुपमा पहिचान बनाएका घिमिरेको जीत सुनिश्चित रहेको क्षेत्र नम्बर २ का मतदाताहरु बताउँछन् ।
Comments