Sajhamanch Archive

जन्मदिनमा मुकेशले दिए विपन्न बालकको उपचारमा आर्थिक सहयोग

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

दमक । आर्थिक अभावका कारण थप उपचारमा समस्या भएर जीवन मरणको दोषाँधमा रहेका एक बालकलाई लायन्स क्लव अफ झापा दमकको सक्रियतासहित आर्थिक सहयोग र दमक नगरपालिकाका प्रमुख राम थापाको पहलमा उपचारको ब्यवस्थापन गरिएको छ ।

दमक अस्पतालमा उपचाररत अतिविपन्न एक बालकलाई उपचारका लागि धरान लैजान आफ्नो जन्मदिनको अवसरमा क्लवका सह कोषाध्यक्ष मुकेश गुप्ताले नगद ३१ हजार उपलब्ध गराएपछि धरान लगिएको हो ।

सो रकम हस्तान्तरणका क्रममा दमकको कलश सहकारीका कर्मचारी बाट ७ हजार ५८०, मुना शिवाकोटी मार्फत ४ हजार ६०० र श्रीमती संगठन दमकबाट १० हजार २०० पनि थप उपलब्ध भएपछि उपचारका लागि आर्थिक स्रोत जुटेको हो ।

दमक अस्पतालले बच्चाको उपचार सम्भव नहुने र धरान लैजान भनेपनि आर्थिक अभावले परिवारले बाहिर उपचारमा लैजान सकेको थिएन ।

नगरप्रमुख थापाले जन्मदिनमा यसरी सहयोग गरेर एउटा बालकको उपचारमा क्लव तथा क्लवका सह कोषाध्यक्ष मुकेश गुप्तासहितको सहयोग र तदारुकता अनुकरणीय भएको बताए । उनले बिरामीलाई उपचारार्थ धरानसम्म लैजान नगरपालिकाको तर्फबाट तत्कालै एम्बुलेन्सको ब्यवस्थापन गरिदिएका थिए । राति ८ बजे आर्थिक सहयोग गरेर विरामीलाई धरान पठाइएको हो ।

नगरप्रमुख थापाले बालकको उपचारमा कमी हुन नदिने आस्वासन दिँदै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत फोन गरेर उपचारमा सहजीकरण गरिदिएको बताइएको छ । मानिसको ज्यान बचाउनु ठूलो कुरा हो र यस्तो विषयमा नगरपालिका गम्भिर छ, सहयोग हस्तान्तरणको क्रममा उनले भने ।

क्लवका अध्यक्ष अशोक चौधरीले आफूहरु यस्तो समस्यामा सधैं साथ रहेको जनाए । कोही विपतमा छ भने हामी सकेको सहयोग गर्छौ, उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *