एमालेले सुरु गरेका अधुरा कम गर्नु आफ्नो दायित्व : एमाले उम्मेदवार घिमिरे
Published: (Updated: )
by .अर्जुनधारा । झापा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले अधुरा रहेका विकासको काम पूरा गर्न नेकपा एमालेको आवश्यकता रहेको बताएका छन् ।
झापाको अर्जुनधारा नगरपालिका वडा नं. २ मा आयोजित नेकपा एमाले र राप्रपाको वडास्तरीय संयुक्त कार्यकर्ता भेलालाई बिहीबार सम्बोधन गर्दै एमाले नेता घिमिरेले विकासका काम पूरा गर्न एमालेलाई मत दिनुपर्ने दोहोर्याएका हुन् । अहिलेसम्मको माहोल हेर्दा आफ्नो जीत सुनिश्चित भएको उनको दावी छ ।
उनले राप्रपाजस्तो देशभक्त शक्तिसँगको तालमेलले पनि निर्वाचनको परिणामको अनुमान गर्न सकिने बताए । जीत पछि विकास निर्माणसँगै नीति निर्माण र त्यसको कार्यान्वयनमा कुनै कञ्जुस्याईं नहुने उनको आश्वासन छ ।
मुलुकलाई विकास र समृद्धिको दिशामा नेकपा एमाले वाहेक अन्य दलले पुर्याउन नसक्ने उनको भनाई थियो । एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्जसमेत रहेका भएका घिमिरेले राष्ट्रभक्त पार्टीहरुले मात्रै देशलाई विकास र समृद्धिको दिशामा लानसक्ने भएकाले आगामी चुनावमा राप्रपासँग तालमेल गरिएको बताए ।
Comments