केरखामा रहेको उद्यमशील महिला जागरण केन्द्रको साधारणसभा सम्पन्न
Published:
by .कमल । उद्यमशील महिला जागरण केन्द्रले आफ्नो चौथो वार्षिक साधारण सभा बिहबिार सम्पन्न गरेको छ ।
जनचेतनाको अभावका कारण समाजमा देखिने बिकृति र विसंगती, महिला हिंसा, बाल हिंसा, यौन शोषण, लागुपदार्थ दुव्र्यसनी झैझगडा लगायतका समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले २०७४ सालमा सो संस्था स्थापना भएको थियो ।
यस्ता समस्याहरु समाधानका लागि गरिने तालिम, गोष्ठी तथा सेमिनारले मात्र समृद्ध समाज निर्माण हुन सक्दैन भन्ने निश्कर्षसहित सो केन्द्रको स्थापना भएको थियो ।
लक्षित वर्ग छनोट गरी सिपमुलक, आयमुलक तथा व्यवसायमुलक तालिम प्रदान गरी उनीहरुलाई स्वरोजगार बनाउन सकेमात्र समाजमा हुने विकृति र विसंगति क्रमशः न्यूनीकरण हुँदैजाने संस्थाको दृष्टिकोण छ ।
सोही बमोजिम केन्द्रले संस्थामा आवद्ध महिलालाई विभिन्न प्रकारका सिपमुलक तालिम प्रदान गरिरहेको जनाइएको छ । जस अन्तर्गत ढाकाको सामान उत्पादन, अचार उत्पादन, सेनेटरी प्याड उत्पादन, ड्राईभिङ्ग ट्रेनिङ, लैङ्गिक हिंसा विरुद्ध सचेतना, लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतना, नेतृत्व विकास, मानव अधिकारजस्ता दर्जनौं तालिम सञ्चालन गरेको जनाइएको छ ।
चौथो वार्षिक साधारणसभाको उद्घाटन गर्दै कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपानेले महिलाहरु विशेष गरेर घरायसी काममा नै बढी व्यास्त हुने भए पनि व्यस्त समयलाई मिलाएर विभिन्न सिपमुलक तालिमा समावेश हुनु अत्यन्तै राम्रो भएको बताइन् । आफ्नो पालिकामा रहेका बेरोजगार महिलालाई तालिम प्रदान गरेर स्रोजगार बनाउन केन्द्रले गरेको कार्यको उनले सराहना गरिन् ।
उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता उप्रेती दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमल गाउँ पालिका वडा नम्वर ६ का वडा अध्यक्ष नरेन्द्र भट्टराई, चुलाचुली गाउँपालिका वडा नम्वर १ का महिला वडासदस्य रामकुमारी राई र संस्थाका सल्लाकार यामनाथ दाहालले मन्तब्य राख्दै समाज रुपान्तरणमा उद्यमशील महिला केन्द्रले गरेको कामको प्रशंसा गरे ।
संस्थामा हाल ९ जना संस्थापक, ७३ जना आजीवन र २१७ जना साधारण सदस्य रहेका छन् । तीमध्ये ८० जना महिला प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारमा रहेका केन्द्रको दावी छ । साधारण सभाको अवसरमा केन्द्रले थप ८ जनालाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरेको छ ।
संस्थाका सचिव सिता शेर्पाले सञ्चालन गरेको कार्यक्रममा उपस्थित अतिथि एवम् सहभागीहरुलाई सहसचिव नन्दकुमारी लिम्बूले शाब्दिक स्वगत गरेकी थिइन् ।
Comments