Sajhamanch Archive

कांग्रेस महामन्त्री शर्मालाई निर्वाचन आयोगले सोध्यो ‘पैसा बाँडेको’ हो ? २४ घण्टामा स्पष्टीकरण पेश गर्नुस्

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by .

झापा । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई पनि २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि शर्मा स्पष्टीकरण सोधिने चौथो शीर्ष नेता भएका छन् ।

महामन्त्री शर्माले झापा क्षेत्र नम्बर १ का आगलागी पीडितलाई पैसा वितरण गरेको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधेको आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले विज्ञप्ती प्रकाशन गरी जानकारी दिएका हुन् ।

झापा–१ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार शर्माले आगलागी पीडित केवल निरौलाको घर निर्माणको लागि अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको रकम भनी २ लाख ५० हजार रुपैयाँ निरौला परिवारलाई हस्तान्तरण गरेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

विजय डालमियाले आफ्नो फेसबुक वालमा शेयर गरेको त्यो फोटोबारे श्रव्यदृश्य सामग्रीका विषयमा निर्वाचन आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा गर्नुभएको होइन भन्नसकिने कुनै आधार र कारण नदेखिएकाले स्पष्टीकरण सोधेको आयोगको भनाई छ ।

निर्वाचन आचारसंहीता २०७९ को परिच्छेद २ को दफा ४ (न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्नेगरी कुनै कार्य गर्न नहुने उल्लेख छ ।

आयोगले रकम हस्तान्तरण भएको बारे के कस्तो भएको हो रु र नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ३ र उपदफा ४ बमोजिम किन कारबाही गर्नु नपर्ने हो ? भनी प्रश्नसमेत सोधेको छ ।

आयोगले महामन्त्री शर्मालाई उम्मेद्वार रहेको जिल्लाको निर्वाचन कार्यालयमा आफै उपस्थित भइ वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *