‘पार्टीबाट निकालिए पछि यहाँ स्वतन्त्र उम्मेदवारी दिएँ’ : स्वतन्त्र उम्मेदवार नेपाल
Published: (Updated: )
by .झापा । प्रतिनिधिसभा सदस्य पदका लागि झापा क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिएका भद्रप्रसाद नेपाल (स्वागत)ले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरेका छन् ।
उनले आफ्नो घोषणापत्रमा स्वास्थ्य, शिक्षा, आवास निःशुल्क उपलब्ध गराउने बाचा गरेका छन् । यसको कार्यान्वयनका लागि आफूसँग प्रस्ट दृष्टिकोण र कार्यक्रमहरु रहेको उनको दावी छ ।
‘आफूले नै स्थापना गरेको र स्वयम् केन्द्रीय अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीले चुनावमा प्रतिष्पर्धा नगर्ने निर्णय गरेको तर आफू चुनाव लड्ने निश्कर्षमा पुगेपछि पार्टीबाट हटाइएकोले यहाँ स्वतन्त्र उम्मेदवारी दिनुपरेको’ पत्रकार सम्मेलनमा उनले सुनाए ।
पत्रकारहरुमाझ उनले राजनीतिक दलका उम्मेदवारहरुभन्दा धेरै स्वतन्त्र उम्मेदवारी परेकाले प्रतिनिधिसभाको प्रतक्ष्यतर्फ १६५ स्थानमध्ये धेरै स्थानमा विजय हुने अस्वाभाविक तर्क पनि प्रस्तुत गर्न भ्याएका थिए ।
आफ्नो उम्मेदवारी राजनीतिको फोहोर सफा गर्ने उद्देश्यले दर्ता भएको जिकिर गर्दै नेपालले विकास निर्माणका काममा सांसदहरुको प्रत्यक्ष र भौतिक सहभागिता नदेखिएकोले वास्तविक सांसद कस्तो हुनुपर्छ भनेर उदाहरण पेश गर्न आफ्नो जीत हुनुपर्ने उनले बताए ।
‘विगतमा मैले गरेका धेरैवटा काम सत्तारुढ वा प्रतिपक्षी सांसदहरुले गर्नुपथ्र्यो’ पत्रकारहरुमाद्धm उनले थपे, ‘म जनप्रतिनिधि नभएर पनि एउटा सांसदले भन्दा धेरै प्रतिपक्षी सांसदहरु सरह काम गरेको छु, सरकारले ल्याएका गलत कानूनहरु अदालतमार्फत् खारेज गराउँदै जनताको पक्षमा नयाँ कानून निर्माण गर्न संसद र सरकारका नाममा निर्देशनात्मक आदेशहरु पनि जारी गराउँदै आएको छु ।’
Comments