युवा नागरिक समाजको बिर्तामोड नगर कमिटी घोषणा
Published:
by .बिर्तामोड । युवा नागरिक समाज झापाले बिर्तामोड नगर कमिटी घोषणा गरेको छ ।
समाजका सल्लाहकार, समाजसेवी तथा शिक्षासेवी कनकाई फाउण्डेसनका अध्यक्ष जयनारायण ढुंगानाको प्रमुख आतिथ्यमा बिर्तामोडमा शनिबार आयोजित कार्यक्रममा नगर कमिटी घोषणा गरिएको हो ।
पुष्पराज प्रसाईको अध्यक्षतामा गठित २१ सदस्यीय नगर कमिटीको वरिष्ठ उपाध्यक्षमा सरोज खड्का (मिलन), उपाध्यक्ष अमित प्रसाई, सचिव रोजन भेट्वाल, सहसचिव शान्ता उप्रेती र कोषाध्यक्षमा डम्बर बस्नेत रहेका छन् ।
त्यस्तै सदस्यहरुमा जानुका बानियाँ, सन्दीप भेटवाल, कमल शिवाकोटी, तारा भट्टराई, खगेन्द्र प्रसाई, काजीराम कार्की, कमल भट्टराई, रवि श्रेष्ठ र गुरुप्रसाद ओली रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि ढुंगानाले नवगठित कमिटीका सदस्य–पदाधिकारीहरुलाई अविर लगाइदिएर सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
स्वागत मन्तव्यसहित समाजको औचित्य माथि प्रकाश पार्दै उपाध्यक्ष देवी संग्रौलाले जैविक विकासले मात्रै युवा नहुने भएकाले नवीन सोच र चेतना भएका जो कोहीले युवाको भूमिका निर्वाह गर्न सक्ने बताए ।
युवालाई परिवर्तनको संवाहक भनिए पनि सीमित व्यक्तिहरुले आफ्नो स्वार्थका निम्ति आफू अनुकुल परिचालन गर्ने संस्कारको विकास हुँदा ब्यक्तिको विकास भए पनि देशको विकास हुन नसकेको प्राध्यापक बिष्णु पाठकले बताए ।
कार्यक्रममा बोल्दै युवा नागरिक समाज झापाका सदस्य हरि चुडालले चिन्तन र चेतनाले जनताको भावनालाई जित्ने, देश र जनतालाई छातीमा राख्ने प्रतिनिधिलाई निर्वाचनमा विजय गराउन युवालाई आग्रह गरे ।
युवा नागरिक समाज झापाले निरन्तर आफ्नो अभियानलाई जारी राख्दै झापाको १५ वटै पालिकामा कमिटी बिस्तार गर्ने योजना रहेको समाजका सहसचिव पुष्प पाठकले बताए ।
जिल्ला अध्यक्ष केशवकुमार भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा डा. सुशिल कँडेल, जानुका थापा मगर, राजु सिलवाल, प्रकाश सिटौला, इश्वरा कँडेल, सन्देश ओली, मिरादेवी सिटौला, गोपाल मैनाली लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन जिल्ला सचिव निराजन ओलीले गरेका थिए ।
Comments