Sajhamanch Archive

अर्पण शर्माले रचे अर्को विश्व किर्तीमान

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार, शिक्षा, समाज by .

झापा । झापाको भद्रपुरका स्थायी बासिन्दा अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् ।

मेमोरी किङ्गको परिचयले युवा माझ लोकप्रिय अर्पणले विश्व कीर्तिमानको उक्त प्रमाणपत्र लण्डनको ‘वर्ल्ड बुक अफ रेकर्ड्स’को कार्यालयबाट नेपाल आए लगत्तै सार्वजनिक गरेका हुन् ।

पूर्व प्रधानमंत्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई बधाई दिदै नयाँ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । १ मिनटमा ८३ वस्तुहरुको क्रम स्मरण गरेर रचेको यो विश्व कीर्तिमानको श्रेय उनी आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरुलाई दिन्छन् ।

शर्माले यसअघि सन् २०१५ मा १ मिनटमा ४२ वस्तुहरुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए ।

‘यो विश्व रेकर्डको प्रमाणपत्र मेरो मात्रै नभई सम्पूर्ण नेपालीहरुको भएको महसुस गर्दै आगामी दिनहरूमा अझै वर्ल्ड रेकर्डहरू राखेर नेपालको नाम विश्व सामु फैलाउने बाचा गर्दछु’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *