Sajhamanch Archive

अठासी गोल्डकप फुटबल प्रतियोगिता कात्तिक १८–२५ मा

Published: in खेलकुद, समाज, स्थानीय तह by .

दमक । १३८औँ फाल्गुनन्द जयन्तीको अवसरमा इलामको माङ्सेबुङमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता २०७९ आयोजना हुने भएको छ ।

१६औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्म जयन्तीको अवसरमा माङ्सेबुङ ५ को नेनेदेन मझुवास्थित निङ्बोदेन खेल मैदानमा प्रतियोगिता आयोजना गरिने छ । लालीगुँरास युवा क्लवले दमकमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता बारे जानकारी दिएको हो ।

प्रचार प्रसारको अभावमा ओझेलमा परेको धार्मिकस्थल अठासी देवीको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष गजिन्द्र योङ्हाङले जानकारी दिए । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष योङहाङले कात्तिक १८ देखि २५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिए ।

सो फुटबल प्रतियोगितामा विजयी टिमले नगद १ लाख १०१ रूपैयाँ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउने छन् भने उपविजयी टोलीले नगद ५० हजार १०१ रुपैयाँ पुरस्कारसहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझाउनु पर्नेछ ।

प्रतियोगिता अन्तर्गत सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट टिम कोचले नगद ३–३ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । सबै खेलका म्यान अफ दि म्याच खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

अनुमानित ९ लाख रुपैयाँ खर्च हुने प्रतियोगतामा सहभागी हुने टोलीका लागि प्रवेश शुल्क ३ हजार ५५१ तोकिएको अध्यक्ष योङ्हाङले बताए । उनका अनुसार ९ साइड खेलाइने प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले कात्ति १६ गतेभित्र नाम दर्ता गर्नु पर्नेछ ।

माङसेबुङ गाउँपालिका ५ वडा कार्यालय, विभिन्न संघ–संस्था र खेलप्रेमी दाताहरु र शुभेच्छुक सहयोगीहरुबाट प्राप्त आर्थिक श्रोतबाट प्रतियोगिता सञ्चालन गरिने आयोजकको भनाई छ ।

प्रतियोगिता बारे हालसम्म पालिकामा आधिकारिक जानकारी प्राप्त नभएको भए तापनि खेलकुद क्षेत्रको विकासका लागि माङसेबुङ गाउँपालिका सदैव सकारात्मक रहेको पालिका सदस्य एवम् प्रवक्ता सुसन राईले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *