पत्रकार महासंघ झापाको साधारणसभा कात्तिक २५ गते
Published:
by .बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाको वार्षिक साधारणसभा यही कात्तिक २५ गते शुक्रबार हुने भएको छ । महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा आइतबार सम्पन्न कार्यसमितिको बैठकले वार्षिक साधारणसभा २५ गते बिर्तामोडस्थित अतिथि सदनमा गर्ने निर्णय गरेको हो ।
महासंघको वार्षिक साधारणसभामा सचिव डिकेश लामाबाट सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष रञ्जित प्रसाईंबाट आर्थिक प्रतिवेदनसहित विभिन्न प्रस्तावहरु पेस हुने उपाध्यक्ष केशव भट्टराईले जानकारी दिएका छन् ।
महासंघ केन्द्रीय समितिले जिल्ला शाखाहरुको साधारणसभा कात्तिक मसान्तभित्र गरिसक्नुपर्ने निर्णय गरे बमोजिम झापा शाखाले तोकिएको समयसीमा भित्रै साधारणसभा गर्न लागेको जनाइएको छ
साधारणसभा सम्बन्धी केन्द्रको निर्णयसहितको सर्कुलर झापा शाखाका सबै सदस्यहरुलाई एक महिना अघि नै इमेल तथा सामाजिक सञ्जाल मार्फत जानकारी गराइएको सचिव लामाले बताए । झापा शाखामा हाल महासंघका २६१ जना सदस्य छन् ।
Comments